काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री बैंकक प्रस्थान

429
shares

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन् ।

बैंककमा रहँदा उहाँले कोषका प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंकका अध्यक्षसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

वार्षिक बैठक तथा त्यस क्रममा हुने अन्य बैठकमा अर्थ मन्त्रीले विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राकृतिक प्रकोप र पूर्वतयारीसम्बन्धी विशेष आफ्नो अभिमत प्रस्तुत गरने छन् ।

मन्त्री वाग्लेका साथ अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।