नेपाल फिनटेक एक्स्पोमा खल्तीका ६ नयाँ सेवा सार्वजनिक
वि.सं.२०८३ असोज २७ मंगलवार १२:०१
shares

काठमाडौं । नेपालको डिजिटल वित्तीय सेवा प्रदायक आइएमई खल्ती लिमिटेडले Fintech Alliance Nepal द्वारा आयोजित तीनदिने Nepal Fintech Expo 2026 मा सहभागिता जनाउँदै विभिन्न नयाँ उत्पादन तथा प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
एक्स्पोमा खल्तीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै विद्यमान सेवा तथा सुविधाबारे जानकारी दिएको थियो। एक्स्पो अवधिभर खल्तीको स्टलमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ।
डिजिटल वित्तीय सेवा तथा प्रविधिका नवीनतम समाधान प्रस्तुत गर्ने मञ्चका रूपमा आयोजित एक्स्पोमा खल्तीसहित विभिन्न फिनटेक कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए। खल्तीले पनि नयाँ उत्पादन सार्वजनिक गर्ने, प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्ने अवसरका रूपमा एक्स्पोलाई उपयोग गरेको थियो।
एक्स्पोको पहिलो दिन खल्तीले Khalti Cards, eSIM तथा Personal Finance Challenge सार्वजनिक गरेको थियो। यी सेवाले डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी तथा व्यक्तिगत वित्त व्यवस्थापनलाई सहज र प्रयोगकर्तामैत्री बनाउने कम्पनीको लक्ष्य छ। त्यसैगरी, तेस्रो दिन Khalti Pro, Stripe तथा Khalti Stock Hub सार्वजनिक गर्दै कम्पनीले आफ्नो सेवा विस्तार गरेको थियो।
नयाँ उत्पादन सार्वजनिक भएसँगै खल्तीको स्टलमा उल्लेखनीय सहभागिता देखिएको थियो। तीन दिनको अवधिमा सयौँ प्रयोगकर्ताले स्टल भ्रमण गरी विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिले प्रयोगकर्तालाई सेवाका विशेषता, प्रयोग गर्ने तरिका र उपलब्ध सुविधाबारे जानकारी दिएका थिए।
प्रयोगकर्ताको सहभागिता बढाउन खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफर पनि उपलब्ध गराएको थियो। Smart Deposit, Cards, AI Fiesta, Insurance, Flights, Mobile Top-up, Data Pack, TV तथा ISP लगायतका सेवामा उपलब्ध अफरले प्रयोगकर्तालाई खल्तीका विभिन्न सेवा अनुभव गर्ने अवसर दिएको थियो।
एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी Khalti Cards, Stripe तथा Personal Finance Challenge प्रति चासो देखाएका थिए। डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने र प्रविधिमा आधारित नयाँ सेवा उपलब्ध गराउने खल्तीको प्रयासप्रति प्रयोगकर्ताले उत्साह देखाएका थिए।
एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रमले नयाँ सेवा सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर दिने बताए।
यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवा सार्वजनिक गरेको उनले बताए। नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्न कम्पनीलाई प्रेरणा दिएको उनको भनाइ थियो।
























