काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनचाँदी व्यवसायको हिसाबकिताब सहज बनाउँदै J-Jewellery

416
shares

काठमाडौं । सुनचाँदी व्यवसायमा हिसाबकिताबदेखि स्टक व्यवस्थापन र कालिगढको ज्यालासम्मको विवरण राख्न प्रविधिको प्रयोग बढ्न थालेको छ। यही आवश्यकतालाई ध्यानमा राखेर Matrika Technology Pvt. Ltd. ले नेपाली सुनचाँदी व्यवसायलाई लक्षित गरी विकास गरेको J-Jewellery Software लाई थप परिष्कृत गर्दै लगेको छ।

कम्पनीले विगत आठ वर्षदेखि नेपाली सुनचाँदी व्यवसायको काम गर्ने शैली र व्यावहारिक आवश्यकतालाई बुझेर यो सफ्टवेयर विकास गर्दै आएको जनाएको छ। सामान्य बिलिङ र लेखा प्रणालीभन्दा फरक यसमा सुनको तौल, शुद्धता, ज्याला, जर्ती, पत्थर तथा कालिगढको हिसाब राख्न मिल्ने सुविधा समावेश गरिएको छ।

सुनचाँदी व्यवसायमा दैनिक कारोबारको विवरण राख्नुका साथै मौज्दात, खरिद–बिक्री र आवश्यक कागजात व्यवस्थापन गर्नुपर्ने हुन्छ। कारोबार बढ्दै जाँदा यी सबै विवरण व्यवस्थित राख्न व्यवसायीलाई चुनौती हुने गरेको छ। त्यसलाई सहज बनाउने उद्देश्यले J-Jewellery तयार गरिएको कम्पनीको भनाइ छ।

सफ्टवेयरमा हिसाबकिताब र कागजात व्यवस्थापनसँगै अनलाइन बजार JJ Mart लगायतका सुविधा पनि छन्। कम्पनीले अफलाइन प्रणालीसँगै JJ Lite नामको क्लाउडमा आधारित संस्करणसमेत उपलब्ध गराएको छ। यसबाट व्यवसायीले मोबाइल, ट्याब्लेट, ल्यापटप वा कम्प्युटर प्रयोग गरेर आफ्नो व्यवसायको विवरण व्यवस्थापन गर्न सक्छन्।

नेपाली सुनचाँदी व्यवसाय परम्परागत सीप, अनुभव र कालिगढीमा आधारित छ। तर, बदलिँदो व्यावसायिक वातावरणमा परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यस्तो अवस्थामा प्रविधिको प्रयोगले व्यवसायको दैनिक कामलाई व्यवस्थित बनाउन र कारोबारको विवरण सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

J-Jewellery को आठ वर्षे विकास यात्रा, नेपाली बजारमा देखिएका आवश्यकता, JJ Lite को अवधारणा र आगामी योजनाबारे जानकारी दिन कम्पनीले प्रेस मिट आयोजना गर्ने भएको छ। कार्यक्रममा पत्रकारहरूसँग अन्तरक्रिया र प्रश्नोत्तरसमेत हुनेछ।

परम्परागत गहना व्यवसायलाई प्रविधिसँग जोड्ने प्रयासले नेपाली कालिगढीलाई नयाँ पुस्तासम्म पुर्‍याउन र व्यवसायलाई थप व्यवस्थित बनाउन कस्तो भूमिका खेल्न सक्छ भन्ने विषय पनि कार्यक्रममा छलफल हुने अपेक्षा गरिएको छ।