काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दशैं–तिहारमा बन्दीपुरहिलमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभल आयोजना हुने

468
shares

ai logo सारांश

  • बन्दीपुरहिलमा ‘बन्दीपुर फेस्ट’ आयोजना हुने।
  • महोत्सवमा स्थानीय परिकार र सांस्कृतिक कार्यक्रम रहने।
  • महोत्सवमा प्रवेश निःशुल्क हुने।

डुम्रे, तनहुँ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समावेश गरिनेछन्।

बन्दीपुर केवलकारको लोअर स्टेसनमा आयोजना हुने नौदिने फुड फेस्टिभलमा स्थानीय परिकार, रमाइला खेल तथा सांस्कृतिक प्रस्तुतिका साथै बालबालिका र परिवारका लागि विशेष गतिविधि तथा किड्स जोन रहनेछ। त्यस्तै, केवलकार, जिपलाइन र स्काई साइकलिङलगायतका गतिविधिको अनुभव लिन सकिनेछ।

महोत्सवको पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म बन्दीपुर केवलकारको लोअर स्टेसनमा आयोजना हुनेछ। यस चरणअन्तर्गत असोज ३१ गते बन्दीपुरको टुँडिखेलमा विशेष सांगीतिक कार्यक्रमसमेत हुनेछ। दोस्रो चरणको महोत्सव कात्तिक ७ देखि १० गतेसम्म सोही स्थानमा सञ्चालन गरिनेछ।

दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने जनाएको छ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। उनका अनुसार ‘बन्दीपुर फेस्ट’ले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्नेछ।

कार्यक्रम संयोजक सुरज राईका अनुसार महोत्सव दुई चरणमा आयोजना हुनेछ। उनले यो कार्यक्रम सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने जानकारी दिए। स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा स्वागत गर्नु महोत्सवको उद्देश्य रहेको उनले बताए।

बन्दीपुरहिलबारे

बन्दीपुरहिल प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एकै स्थानमा समेटेको एकीकृत पर्यटकीय गन्तव्य हो। यहाँ परिवार, समूह तथा यात्रुका लागि केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायत विभिन्न सुविधा उपलब्ध छन्।