गृहपृष्ठ झिनो अंकले बढ्यो नेप्से
झिनो अंकले बढ्यो नेप्से
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अंकले उकालो लागेर दुई हजार ७३५ अंकमा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अंकले ओरालो लागेर ५१५.१९ मा सीमित भएको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम सस्तोमा सीमित भएको छ । कूल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर चार अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रूपैयाँ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ ७.११, व्यापार ३८.८३ र जीवन बिमा ५८.३ अंकले घटेको छ । होटल तथा पर्यटन २.०८, विकास बैंक ४०.६८, जलविद्युत् २३.४३, वित्त ३३.०४, निर्जीवन बिमा ३६.२२, उत्पादन २६.२२, अन्य ५.४, लघुवित्त २.९५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.५५ अंकले बढेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड १५ लाख ५६ हजार ८३४ रूपैयाँ बराबरको कारोबार भयो । यस्तै, आइसीएफसी फाइनान्स १८ करोड ६७ लाख ५४ हजार ३३३ रूपैयाँ, अपि पावर कम्पनी १७ करोड ६ लाख ३० हजार ८७६ रूपैयाँ, नेशनल हाइड्रोपावर १४ करोड दुई लाख ३६ हजार ५४७ रूपैयाँ र आइएमई जनरल इन्स्योरेन्स १२ करोड ८३ लाख १५ हजार ९९० रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ्खोला जलविद्युत् कम्पनी ९.४७, कर्णाली डेभलपमेन्ट बैंक ६.६५, पञ्चकन्या माई हाइड्रोपावर ६, जोशी हाइड्रोपावर ४.८५ र साना किसान विकास बैंकका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।
त्यस्तै, गुर्खाज फाइनान्स २.५५, उन्नति सहकार्य लघुवित्त २.२३, तेह्रथुम पावर कम्पनी २.२१, एनआइसि एशिया लघुवित्त २.१३ र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पुँजीकरण ३८ खर्ब ३८ अर्ब ५२ करोड ८७ लाख ७० हजार ५१० रूपैयाँ बराबर भएको छ ।
प्रकाशित समय : २३:२२ बजे



















