global ime bank Long Banner Ad

गृहपृष्ठ टी–२० विश्वकप महिला एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै

टी–२० विश्वकप महिला एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै

टी–२० विश्वकप महिला एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै

आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्ने भएको छ । यूएईमा सुरु हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आइसीसी एकेडेमी मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले सन् २०१९ मा टी-२० विश्वकपकै लागि एसिया छनोटमा हङकङसँग खेलेको थियो । उक्त खेल नेपालले ४ विकेटले जितेको थियो । यसपटक पनि नेपाली सोही लयलाई कायम राख्दै जित हात पार्ने योजनामा रहनेछ ।

नेपाल टीमबाट रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राईले खेल्दैछन् ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु