global ime bank Long Banner Ad

गृहपृष्ठ पोखराको लेकसाइडमा आगलागी, पाँच पसल जल्दा डेढ करोडको क्षति

पोखराको लेकसाइडमा आगलागी, पाँच पसल जल्दा डेढ करोडको क्षति

पोखराको लेकसाइडमा आगलागी, पाँच पसल जल्दा डेढ करोडको क्षति

पर्यटकीय सहर पोखराको लेकसाइडमा आज एकाबिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ  । बिहान फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलबाट सुरु भएको आगलागीबाट सँगैका पाँच पसल जलेका छन् ।

रेष्टुराँ, खाजा पसल र जुस सेन्टर लगायतका पसलमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख एवं डीएसपी चिनिमायाँ तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘प्रारम्भिक अनुसन्धानमा एक करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको मुचुल्का गर्ने काम भइरहेको छ । विद्युत सर्ट भएर हो वा अन्य कारणबाट आगलागी भयो भनेर हामीले अनुसन्धान गरिरहेका छौं ।’, प्रहरीले आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । 

दमकलको सहायतामा प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु