global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस महाधिवेशन : काठमाडौंका १० सहित १४९ निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

कांग्रेस महाधिवेशन : काठमाडौंका १० सहित १४९ निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

कांग्रेस महाधिवेशन : काठमाडौंका १० सहित १४९ निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

नेपाली कांग्रेसकाे १४औं महाधिवेशनका लागि देशभरका १४९ सहित काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए ।

यसअघि काठमाडौंमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मंसिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।

कांग्रेसले आगामी मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु