global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बारको आक्रोश दलहरुमाथि, आज ध्यानाकर्षण गराउने

नेपाल बारको आक्रोश दलहरुमाथि, आज ध्यानाकर्षण गराउने

नेपाल बारको आक्रोश दलहरुमाथि, आज ध्यानाकर्षण गराउने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ । प्रधानन्यायाधीश राणाालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो ।

सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको छ । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार असन्तुष्ट छ । बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

न्यायालयको निकासबारे मात्र दुई विकल्प छन् । पहिलो, प्रधानन्यायाधीश राणा आफैँ राजी भएर राजीनामा दिने । दोस्रो, दलहरुले महाभियोग लगाएर हटाउने । तर राजनीतिक दलहरुले प्रधानन्यायाधीश राणामाथि अचम्मको सहानभूति दर्शाएका छन् । महाभियोग लगाउने चर्चा चलिरहेकै बेला बरू सरकारले  संसद्को अधिवेशन नै अन्त्य गरिदिएपछि भने दलहरुमाथि आशंका झन बढेको हो ।

सत्तापक्षदेखि प्रमुख प्रतिपक्षसम्मका दलहरुले प्रधानन्यायाधीश राणाको विषय अदालतको आन्तरिक मामिला भन्दै मौनता साँधिरहेका छन् । उनीहरुले राणाका विषयमा अदालतबाटै निकास आउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु