global ime bank Long Banner Ad

गृहपृष्ठ केही साथीहरु मलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भन्छन् : प्रचण्ड

केही साथीहरु मलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भन्छन् : प्रचण्ड

केही साथीहरु मलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भन्छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर लागिपरेको दाबी गरेका छन् । तर आफुले अस्वीकार गरेको प्रचण्डको भनाइ छ ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘केही देशभित्रकै साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने योगदानमा अन्तर्राष्ट्रिय पुरस्कार दिलाउछौं भन्छन् । उनीहरु गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउनुपर्छ भनेर लागिपरेका छन् । तर मैले भनेको छु, अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । माओवादीले १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेपछि तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र प्रचण्डले सम्झौतामा हस्ताक्षर गरेका थिए । जसको आइतबारमात्रै १५ वर्ष पूरा भएको छ । तर जनयुद्धमा मारिएका र बेपत्ता पारिएका परिवारकाे न्याय र मुद्दाको सम्बोधन अझै टुंगिएको छैन ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु