global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार चाँदीकाे मूल्य पनि बढेकाे छ । आइतबार १२ सय ६० रुपैयाँ कायम भएकाे चाँदी सोमबार १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु