global ime bank Long Banner Ad

गृहपृष्ठ अष्ट्रेलियाको घोषणा : अन्तर्राष्ट्रिय सीमा खोल्ने, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश दिने

अष्ट्रेलियाको घोषणा : अन्तर्राष्ट्रिय सीमा खोल्ने, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश दिने

अष्ट्रेलियाको घोषणा : अन्तर्राष्ट्रिय सीमा खोल्ने, विदेशी विद्यार्थी र कामदारलाई प्रवेश दिने

अष्ट्रेलियाले २० महिनापछि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने जनाएका छन् ।

८५ प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाइसकेपछि सरकारले यस्तो निर्णय लिएको हो । विदेशीको लागि सीमा खुला गर्ने निर्णयसँगै झन्डै २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ ।

डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ । डिसेम्बर १ देखि प्रवेश खुला भएसँगै ठूलो संख्यामा नेपाली विद्यार्थी जाने अनुमान गरिएको छ । सयौं नेपाली विद्यार्थी भिसा लिएर बसिरहेका छन् ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु