गृहपृष्ठ एमाले स्थायी कमिटी बैठक बस्दै, पाँच प्रतिशत मनोनयनबारे टुंगो लगाइने
एमाले स्थायी कमिटी बैठक बस्दै, पाँच प्रतिशत मनोनयनबारे टुंगो लगाइने
दसौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । १०–१२ मंसिरमा निर्धारित महाधिवेशनका लागि ५ प्रतिशत मनोनयनबाट आउने व्यवस्था अनुसार छलफल गर्न थालिएको छ ।
बैठक सोमबार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । एमालेकाे दसाैँ महाधिवेशन मंसिर १० गते चितवनमा सुरू हुनेछ ।
प्रकाशित समय : १५:०७ बजे

















