global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि सुरु

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि सुरु

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशभरका ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९ सय ७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

उक्त पार्टीको यही मंसिर १५–१७ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ । 

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनित हुनेसमेत गरी चार हजार ५ सय महाधिवेशन प्रतिनिधि हुनेछन् ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु