काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

10.82K
shares

उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।

विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी महिलाको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

‘रक्तस्राव निकै बढी भएको रहेछ’, डा. भारद्वाजले भने, ‘ढिलो गरी अस्पताल ल्याउँदा उनको मृत्यु भयो ।’ उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।(रासस)