गृहपृष्ठ नेप्सेमा दोहोरो अंकको वृद्धि
नेप्सेमा दोहोरो अंकको वृद्धि
सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा २६.४४ अंकले बढेको हो ।
नेप्से दोहोरो अंकले बढ्दा बजारमा सबै समुहका परिसुचकहरु हरियो भएका छन् । जसमा सबैभन्दा बढी विकास बैंक समुह २.६३ प्रतिशतले बढ्दा, होटल तथा पर्यटन १.८१ निर्जीवन बीमा १.७४ प्रतिशत र उत्पादनमुलक समुह १.७१ प्रतिशतले उकालो लागेका छन् ।
मंगलबार दिनभर ४ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार हुँदा २२८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित समय : २३:०२ बजे



















