global ime bank Long Banner Ad

गृहपृष्ठ डिसहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

डिसहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

डिसहोमले निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने

नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिसहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिसहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।
गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिसहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए । यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिसहोम टीभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिसहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् । डिसहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिसहोमको फाइबरनेट सेवा पुगेको छ ।

प्रकाशित समय : २३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु