गृहपृष्ठ कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुर्याउन विद्रोह अनिवार्य : माधव नेपाल
कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुर्याउन विद्रोह अनिवार्य : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह अनिवार्य रहेको बताएका छन् ।
सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमै अन्तरसंघर्ष गरेको भए हुँदैन थियो भने लागिरहेको हुनसक्ने भन्दै एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए ।
उनले भने, 'जब स्पेश हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । र जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ ।’ उनले प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नुपर्ने अवस्था आउने बताए । उनले आफुले आँट गरेर विद्रोह गरे पनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे ।
प्रकाशित समय : २३:१७ बजे


















