global ime bank Long Banner Ad

गृहपृष्ठ रुप कार्की स्मृति पावर लिफ्टिङ माघमा

रुप कार्की स्मृति पावर लिफ्टिङ माघमा

रुप कार्की स्मृति पावर लिफ्टिङ माघमा

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङ गेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ २८ गते हुने भएको छ । ‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा पुरुष ६, महिलामा ३ र मास्टर्स ४५ वर्षमाथि १ तौलसमूहमा गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सुरेश सुवेदीले जनाएका छन् ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाइएको छ । पुरुष/महिलाको प्रत्येक तौलसमूह प्रथम हुने खेलाडीबीच पुनः ओभरअल च्याम्पियनका लागि प्रतिस्पर्धा गराइने छ । ओभरअल च्याम्पियनलाई उपाधिसंगै छुट्टै जनही ५१ हजार नगदबाट पुरस्कृत गरिने छ । विजेता खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि समन्वय गर्ने सचिव सुवेदीले जानकारी गराए ।

गत संस्करणको पुरुषमा सुकदेव कार्की तथा महिलामा ज्योति थापा ओभरअल च्याम्पियन बनेका थिए । प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने आयोजकले जानकारी गराइएको छ । लामो समय अमेरिकामा बसेका स्व. कार्की पावर लिफ्टिङको आफ्नो उमेरसमूहका विश्व च्याम्पियन हुन् । नेपालमा रहेकै बेला उनको निधन भएको थियो ।

प्रकाशित समय : २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु