महालक्ष्मी विकास बैंकद्वारा ‘कन्ट्याक्टलेस’ भिसा कार्ड सेवा सुरू
वि.सं.२०७७ मंसिर १७ बुधवार २१:५६
shares

महालक्ष्मी विकास बैंक लिमिटेडले Visa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ । Visa Contactless कार्ड Near Field Communication (NFC) मा आधारित प्रविधि हो ।
जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ । महालक्ष्मी विकास बैंक Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकमध्ये पहिलो बैंक हो ।
यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड- १९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको बैंकले जनाएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखामार्फत करिब पाँच लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

























