काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आर्थिक पुनरुद्धारका प्याकेज ल्याउन निजी क्षेत्रको माग

15.48K
shares

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग आर्थिक पुनरुद्धारका प्याकेज (स्टिमुलस प्याकेज) ल्याउन सरकारसँग माग गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमी व्यवसायी लक्षित विशेष ‘स्टिमुलस प्याकेज’कै ल्याउन माग गरेका हुन् । ‘त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस्,’ गोल्छाले भने ।

निजी क्षेत्रका तर्फबाट पहिलो पटक आर्थिक पुनरुद्धारका प्याकेज ल्याउन यसरी माग गरिएको हो । कोभिड-१९ महामारी र लामो अवधिका लकडाउनपछि अर्थतन्त्रको करिब एक तिहाइबराबर आर्थिक क्षति भएको अनुमान छ ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत करिब २ खर्ब रूपैयाँबराबरका कार्यक्रम ल्याए पनि त्यो कार्यान्वयकै क्रममा रहेपछि निजी क्षेत्रले ‘स्टिमुलस प्याकेज’ मागेको हो ।

महासंघका अध्यक्ष गोल्छाले स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीतिमार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरिरहेको भन्दै मौद्रिक नीतिमा घोषणा गरिएका सुविधा अक्षरस  लागू गर्न माग गरे ।

प्रत्त्युतरमा अर्थमन्त्री पौडेलले भने कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने विश्वास दिलाए ।

अर्थमन्त्री पौडेलले गुनासा आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको जानकारी दिए ।

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए ।

‘रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ, त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन’- अर्थमन्त्री पौडेलले भने ।

कुनै पनि कुरा निजी क्षेत्रमाथि नथोपार्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने विश्वास दिलाए । ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं, सुझाव सुन्छौं, मिलेर काम गर्छौ,’ उनले भने ।

महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझाव तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको जानकारी दिए ।