कोरोनाभाइरसबाट विश्वभर ६ करोड ४८ लाख व्यक्ति संक्रमित, ४ करोड ५९ लाख संक्रमणमुक्त
वि.सं.२०७७ मंसिर १८ बिहीवार १५:१७
shares

चीनको हुवावे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोनाभाइरस (कोभिड- १९)को संक्रमणबाट हालसम्म १४ लाख ९९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । हालसम्म ६ करोड ४८ लाख ३८ हजार व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ४ करोड ५९ लाख व्यक्ति कोरोनामुक्त भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मंगलबार एकै दिनमा विश्वभरी १३ हजार १८६ जनाको मृत्यु भएको छ । छ लाख २५ हजार ३०१ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी मृत्यु हुने देशमा संयुक्त राज्य अमेरिका, दोस्रोमा मेक्सिको र तेस्रोमा र इटाली छन् ।
अमेरिकामा मंगलबार एकै दिनमा २ हजार ५६२ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ८२५ र इटाली ७८५ को मृत्यु भएको छ। संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ७० हजार ६९१ जनको मृत्यु भएको छ ।
अमोरिकामा १ करोड ३७ लाख २६ हजार ३०६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ती मध्ये ५२ लाख २६ हजार ५८१ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ७३ हजार ८१७ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । त्यहाँ ६३ लाख ८६ हजार ७८७ कोरोना भाइरस संक्रमित छन् । भारतमा १ लाख ३८ हजार १२२ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ। यहाँ ९४ लाख ९९ हजार ४१३ कोरोना भाइरस संक्रमित भएका छन् ।
मेक्सिकोमा कोरोनाका कारण १ लाख ६ हजार ७६५ जनाको मृत्यु भएको छ भने ११ लाख २२ हजार ३६२ जना संक्रमित भएका छन् । संयुक्त अधिराज्यमा ५९ हजार ५१ जनाको मृत्यु भएको छ भने १६ लाख ४३ हजार ८६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार ५०० भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।

























