एनएमबीको मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना
वि.सं.२०७८ असोज १३ बुधवार १६:३७
shares

हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेको छ । नयाँ योजनाअन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियम सहित) प्रदान गर्ने बैंकले जनाइएको छ ।
एनएमबी बैंकमा खाता नभएको ग्राहकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिडियो केवाईसीमार्फत ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने बैंकले जानकारी दिएको छ । ग्राहकले एनएमबीमा भिडियोकल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरण अपडेट गर्न सक्दछन् ।
भिडियो केवाईसीको लागि डिजिटल लिंक .https://vcc.nmb.com.np रहेको छ । बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

























