काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाओमीको दसैं अफर : ‘मी लिएको छैन ?’

12.31K
shares

ग्लोबल टेक्नोलोजी लिडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यस अफरअनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुट प्राप्त गर्ने कम्पनीले जनाइएको छ ।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'देशमा शाओमी टेलिभिजनको लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ । जसमा हाम्रा उपकरणहरुमध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि-फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन्।' दशैँलाई लक्षितगर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनसँग आफुलाई मन पर्ने कार्यक्रम हेर्नको लागि यो विशेष छुटको  अफर ल्याएको हो ।

 

यो अफर सीमित अवधिको लागी मात्र लागु हुने कम्पनीले जनाइएको छ । यसका साथै शाओमी नेपालले 'महापर्वको उमंग' को ट्यागलाइनअन्तर्गत 'दशैँविथ मी' नामको दसैं अभियान पनि चलाईरहेको छ । यस अफरअन्तर्गत मी टिभीको खरिदमा, एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् । मी फोन वा पोको फोनको खरीदमा दुई भाग्यशाली ग्राहकले दैनिक मी ब्लूटूथ स्पीकर पाउनेछन् । यो अभियान भदौ १६ मा सुरू भएर यसको समापन भने असोज २९ मा हुनेछ । ग्राहकहरुले यस अभियानको दौरानमा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् ।