सिद्धार्थ बैँकले जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग प्रदान गर्दै
वि.सं.२०७८ असोज ८ शुक्रवार १५:५४
shares
सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ४ लाख ९७ हजार २ सय रूपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागि प्रयोग गरिने जनाइएको छ ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे । जोन्टा काठमाडौंले हिंसापीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइनसँग पनि सहकार्य गरेको छ ।
२००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड बैँकिंङ र रेमिट्यान्स सेवाहरु प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकमध्यको एक हो । बैंकको देशभरीमा १८० वटा भन्दा बढी शाखाहरु छन् र यसको प्रधान कार्यालय काठमाडौंमा अवस्थित रहेको छ ।

























