स्प्राइटको प्रोमोशनल अभियानः ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’
वि.सं.२०७८ असोज ८ शुक्रवार १५:११
shares

लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले 'स्क्रिन टाइम प्रोमोशनल अभियान' 'चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ' शीर्षकको साथ सुरूवात गरेको छ । यस अभियानको उद्देश्य भनेको धेरै भन्दा धेरै उपभोक्तासम्म पहुँच पुर्याउनु र उनीहरुलाई रिफ्रेस गर्नु हो ।
यस अभियानअन्तर्गत उपभोक्ताहरुले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँनेछन् । त्यसै गरी, दैनिक लक्की ड्रअन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका पाउँनेछन् । यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ वा सीधै http://www.sprite.com.np मा लग इन गर्नुपर्नेछ । त्यसपछि उनीहरुले आफ्नो मोबाइल नम्बरसहित लेबल पछाडि रहेको सिरियल नम्बरलाई इन्टर गर्नुपर्नेछ । वैकल्पिक रूपमा, सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरलाई एसएमएस गर्न सक्नेछन् ।
यो योजना भदाै ३० मा सुरू भएको थियो र कार्तिक १८ सम्म लागु कम्पनीले जनाइएको छ । यो अफर ५०० मिलिलिटरको स्प्राइटको पीईटी प्याक, १ लिटर, १.५लिटर र २.२५ लिटर किन्दा लागु हुनेछ । यस अफर समावेश नभएका बोतलहरु पनि बजारमा उपलब्ध छ । कम्पनीकाअनुसार नियम र शर्तहरुका विवरण स्प्राइटको आधिकारिक वेभसाइटबाट जानकारी लिन सकिनेछ । यो प्रमोशन स्प्राइटको 'क्लियर रह' अभियान को हिस्सा हो जसको उद्देश्य भनेको युवाहरूलाई स्प्राइटको साथमा आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

























