५ लाख विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने
वि.सं.२०७८ भदौ २५ शुक्रवार २२:१८
shares

सरकारले रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रूपैयाँ निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

























