गृहपृष्ठ ११,६०९ पीसीआर परीक्षण गर्दा १,४८८ जनामा कोरोना पुष्टि १,७४३ जना संक्रमणमुक्त
११,६०९ पीसीआर परीक्षण गर्दा १,४८८ जनामा कोरोना पुष्टि १,७४३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि भएको छ । देशभर सोमबार पीसीआर र एन्टिजेन परीक्षण गरी १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । आज कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १० हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार सोमबार १ हजार ७४३ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रकाशित समय : २३:०५ बजे


















