गृहपृष्ठ कर्णालीमा ५९ जनामा कोरोना संक्रमण

कर्णालीमा ५९ जनामा कोरोना संक्रमण

कर्णालीमा ५९ जनामा कोरोना संक्रमण

सोमबार कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ४३२ जनामा गरिएको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि भएको हो । जसमा आरटी–पीसीआर विधिबाट ३२ र र्‍यापिड–एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ५०२ पुगेको छ । हालसम्म प्रदेशभर ३२ हजार ८२९ जनामा कोरोना पुष्टि भएको हो । 

थप ९३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसँगै प्रदेशभर हालसम्म ३० हजार ७५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर ३७० जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाए पनि सोमबार भने कसैले पनि ज्यान गुमाउन नपरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले जानकारी दिएको छ । हालसम्म प्रदेशभर १ लाख २६ हजार ६४७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ४७ हजार ६२२ जनाको र्‍यापिड–एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । हालसम्म प्रदेशभर १ लाख ७४ हजार २६९ को कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक रहेको छ ।

प्रकाशित समय : २३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु