काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसुङद्वारा स्मार्टफोनका दुई मोडेल सार्वजनिक

20.24K
shares

सामसुङले नेपाली बजारमा नयाँ सुलभ स्मार्टफोनका दुई मोडेलहरु Galaxy Z Fold3 5G तथा Galaxy Z Flip3 5G सार्वजनिक गरेको छ । सामसुङका यी दुई नयाँ मोडेलहरुले ग्राहकलाई अद्वीतीय, मनोरञ्जनात्मक एवं जीवन्त अनुभव प्रदान गर्ने कम्पनीले जनाइएको छ ।

सामसङका ग्राहकले उत्सुकतापूर्वक प्रतिक्षा गरेका नयाँ नयाँ सुविधा एवं विशेषता यस फोनमा विद्यमान रहेको पनि कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसअघि नभएका आइकोनिक, स्टाइल तथा ड्युरेबिलिटीजस्ता विशेषता यस फोल्डेवल फोनमा रहेका छन् । Galaxy Z Fold3 5G तथा Galaxy Z Flip3 5G मा थुप्रै विशेष तरिकाबाट काम गर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जानकारी गराइएको छ । नयाँ Galaxy Z Fold3 5G मा प्रोडक्टिभिटी तथा निरन्तर मनोरन्जन प्रदान गर्न मल्टिटास्किङ पावर हाउसको साथ ७.६ infinity Flex Display, उत्कृष्ट कार्य क्षमता तथा  S Pen जस्ता सुविधा रहेका छन् । यसमा ग्राहकले S Pen एभलको सहायताले फोल्डेबल स्क्रिनमा अन द गो को अवस्थमा पनि वृहत् कार्यहरु सम्पादन गर्न सक्नेछन् ।

Galaxy Z Flip3 5G अरु भन्दा फरक देखिन चाहनेहरुका लागि सही रहेको कम्पनीको दाबी छ । यसका अद्वितीय कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन अद्वितीय बन्न पुगेको कम्पनीले बताइएको छ । 'सामसङमा, हामी निरन्तर नयाँ नयाँ आविष्कार उपलब्ध गराउनप्रति सदैव लागि परेका छौं । स्मार्टफोनले गर्न सक्नेसम्मको उचाइ एवं सिमालाई प्राप्त गर्नु नै हाम्रो प्रमुख प्रतिबद्धता हो ।' सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने । उनले थपे, 'हामीले हालै दुई मोडेलहरु Galaxy Z Fold3 5G तथा Galaxy Z Flip3 5G तथा प्रस्तुत गरेका छौँ । यी फोनहरु आजको fast paced दुनियाँको आवश्यकतालाई सहजै पूरा गर्दछ ।'

Galaxy ZFold3 5G-प्रोडक्टिभिटी तथा इन्टरटेनमेन्टको लागि अनलिमिटेड पावर हाउस

नयाँ कार्य क्षमता प्रदर्शनको लागि, 7.6-inch Infinity Flex Display, S Pen जस्तो सुविधा राखेर Galaxy Z Fold3 को डिजाइन गरिएको छ । त्यति मात्र नभई Galaxy Z Fold3 मोबाइलले प्रयोगकर्ताहरुलाई सुव्यवस्थित, मल्टिटास्किङ र उच्चतम दृश्यावालोकनको जीवन्त अनुभव प्रदान गर्दछ । यसका साथै फुल्ली अप्टिमाइज S pen ले Galaxy Z Fold 3 प्रयोगकर्ताहरुलाई अझै बढी क्रिएटिभ तथा प्रोडक्टिभ बनाउँदछ । Galaxy Z Fold3 मा S Pen Fold Edition तथा  S Pen Pro गरी S-Pen experience का दुई विकल्पहरु रहेका छन् । यसबाट सामसङको उत्कृष्ट S पेनको अनुभवसमेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराइएको छ ।

Galaxy Z Flip3 5G : स्टाइल तथा फंसनालिटीको उत्कृष्ट सम्मीश्रण

Galaxy Z Flip3 5G मा नयाँ विशेषता, आकर्षक तथा स्टाइलिस जस्ता मनमोहक सुविधाले प्रयोगकर्तालाई अनुकूल स्मार्टफोनको अनुभव प्राप्त गर्न सकिने छ । ३ विभिन्न ट्रेन्डि कलरहरु क्रिम, ल्याभेन्डर तथा ब्ल्याकमा उपलब्ध यो फोन स्टाइलिस हुनुको साथै हातमा सहजै अटाउने तथा ग्रिप गर्न सहज हुने कम्पनीले उल्लेख गरेको छ । यो फोन सेल्फ-एक्पेरियन्सको लागि उपयुक्त डिभाइस हो । सामसङको लेटेस्ट क्यामरा फिचर जस्ता पावर प्याक्ड फिचरहरुले प्रयोगकर्ताहरुलाई फ्लेक्स मोडको साथ ह्याण्डस फ्रि सेल्फि खिच्न सकिन्छ । यसमा भएको Quick Shot feature सुविधाले मोबाइल फोन अनफोल्ड नै नगरी छिट्टै फोटो तथा भिडियो खिच्न पनि सकिन्छ । 

आकर्षक प्रि-बुक अफरहरु

सामसङ Galaxy Z Fold3 5G तथा Z Flip3 5G प्रि–बुकिङमा आकर्षक अफरहरु उपलब्ध रहेको छ । Galaxy Z Fold3 5G को प्रि–अर्डरमा ग्राहकहरुलाई प्रि–अर्डर उपहार जस्तै S Pen संगै Flip Cover निः शुल्क प्राप्त हुनेछ र Galaxy Buds Pro निः शुल्क वा २५ हजारको सहुलियत मूल्यमा  Galaxy Watch4 Classic मध्ये एक छान्न सक्नेछन् । त्यस्तै गरी, Galaxy Z Flip3 5G को प्रि–अर्डर मा ग्राहकहरुले या त Galaxy Buds 2 निः शुल्क वा Galaxy Watch4 Classic सहुलियत मूल्य ३० हजारमा छान्न सक्नेछन् ।

0 प्रतिशत EMI सुविधा

यी दुई Flagship Products को pre-booking को लागि सामसङले ० प्रतिशत ब्याजदरमा EMI, न्युनतम १० हजार ५०० रूपैयाँमा उपलब्ध गरेको छ । यो EMI सुविधा विभिन्न बैंकहरु जस्तै नबिल बैंक, एनआइसी एशिया बैंक, सनराइज बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक लिमिटेड, उपासना बहुद्देश्य सहकारी संस्था लिमिटेड र हुलास इन्भेष्मेन्ट बाट प्राप्त गर्न सकिने कम्पनीले जनाइएको छ ।

१२ महिनासम्मको निःशुल्क ब्रेकेज इन्स्युरेन्स

Galaxy Z Fold3 5G & Galaxy Z Flip3 5G को प्रि बुकिङ गर्ने ग्राहकले १ वर्षसम्म ब्रेकेज इन्स्युरेन्स सुविधा पनि प्राप्त गर्ने सकिने छ । 

एक्स्चेन्ज अफर

ग्राहकले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आइएमएस स्मार्टबाट ६ हजार सम्म थप सुविधामा साट्नसमेत सकिने सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

आकर्षक ग्यालेक्सी उपहारहरु

यी स्मार्टफोनको प्रि-बुकिङ गर्ने ग्राहक KGH ग्रुप, जिमखाना, होटल म्यारियोट काठमाडौं, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एन पि, आइएमएस लिटिल स्माइल, लेट मि इन, ट्रयांबलीटी स्पा तथा होटेल साम्बाला गरी १० हजार रूपैयाँसम्मको उपहारको लागि योग्य हुने कम्पनीले जनाइएको छ ।

मूल्य तथा उपलब्धता

फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६ GB भेरिन्टको Galaxy Z Fold3 5G को मूल्य २ लाख १९ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यस्तै १२/५१२ GB भेरियन्टको मूल्य २ लाख २९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

साथै विभिन्न आकर्षक तीन ट्रेन्डि कलरहरु क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ GB भेरियन्टको Galaxy Z Flip 3 5G को मूल्य १ लाख २४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यी फोनहरु प्रिअडर भदौं २० गते देखि असोज ४ गतेसम्म http://:https://cms-prd.mygalaxy-nbs.com/NP-Foldable-Preorder/ मा गएर वा दराज, इसेवा, सेलपे, स्मार्टडोको, तथा सामसङ प्लाजाजस्ता विभिन्न इकमर्श साइटहरुबाट गर्न सकिने कम्पनीले जनाइएको छ । कम्पनीका अनुसार असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्राण्डसप तथा केही रिटेल स्टोरबाट खरिद गर्न सकिने छन् ।