आइतबार १०८ अंकले घट्यो सेयर बजार
वि.सं.२०७८ भदौ २० आइतवार २१:३३
shares

साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर दुई हजार ८१८.७२ अंकमा झरेको छ । दिउँसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेकसमेत लागेको थियो ।
एकै दिन कुनै कम्पनीको १० प्रतिशतभन्दा बढी मूल्य घटबढ हुननसक्ने नियम छ । १० प्रतिशत हाराहारीमा घट्ने कम्पनीको संख्या नै ३० पुगेको छ । आज २२३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै उपसमूहहरु ओरालो लागेका छन् ।

























