काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नख्खु कारागार तनावग्रस्त, थप प्रहरी परिचालन

19.99K
shares

ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ । कारागारको सीआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो । झडप भएपछि सुरक्षा व्यवस्था कायम गर्न थप प्रहरी परिचालन गरिएको छ ।

नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको बताइएकाे छ । झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।  भित्रै नाराजुलुस भएको र झडप भएको भन्ने खबर खाएपछि थप टोली पठाएको परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।