global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कोरोनाको कहरः नियमित खोप प्रभावित

कोरोनाको कहरः नियमित खोप प्रभावित

कोरोनाको कहरः नियमित खोप प्रभावित

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धित सबै पक्षसंग आग्रह गरे । स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिए । उनले सबै मानिस कोभिड-१९ विरुद्धको खोपमा केन्द्रित हुँदा खोप लगाउन छुटेको बताए ।

उनले भने, 'कोरोना भाइरस संक्रमणका समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।' उनका अनुसार सामन्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् । शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठूलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गरे । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ ।विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न संक्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ ।

२०३४ सालबाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । २०४५ सालमा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । २०६० सालमा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो । जन्मिनेवित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रूबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूबेला खोप लगाउने गरिन्छ ।

यस्तै जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा ) रोग विरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसांख्किक स्वास्थ्य तथ्यांकअनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु