गृहपृष्ठ काठमाडौं उपत्यकामा विद्यालय खोल्न पाइने, यस्ताे छ प्रशासनकाे आदेश
काठमाडौं उपत्यकामा विद्यालय खोल्न पाइने, यस्ताे छ प्रशासनकाे आदेश
कोरोना महामारी बढेसँगै बन्द भएका काठमाडौं उपत्यकाका विद्यालयहरू खाेल्न पाइने किसिमका प्रावधानहरू राखेर जारी निषेधाज्ञालाई निरन्तरता दिइएकाे छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार सम्पन्न बैठकपछि जारी सूचनाअनुसार अब शैक्षिक संस्थाहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर भाैतिक उपस्थितिमा पठन-पाठन गर्न पाउने छन् ।
यसअघि विद्यालयहरूले भर्चुअल माध्यमबाट मात्र पठन पाठन गर्दै आइरहेका थिए । 'शैक्षिक संस्थाहरु (विद्यालय)ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने । गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने', बैठकपछि जारी सूचनामा उल्लेख छ ।
सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म गर्न नपाउने भनिएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने, यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पाइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंद्वारा जारी आदेश :

प्रकाशित समय : २०:५९ बजे




















