काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओपोद्वारा नेपालमा ए१६ सार्वजनिक

14.03K
shares

ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए-सिरिजअन्तर्गत ए१६ सार्वजनिक गरेको छ । आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमतासहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्यअनुरुप ओपो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मन पराउने यूवालक्षित भई गरिएको कम्पनीले जनाइएको छ ।

लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए१६मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ । साथै, सहजताका साथ गुणस्तरीय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको कम्पनीको दाबी छ । कम्पनीकाअनुसार ट्रेण्डी डिजाइनसहितको यो फोनमा सक्रिय अवस्थानमा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ । 'यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ताबिना आफ्नो दैनिकी मज्जा लिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

डिजाइन

क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा दिइएको छ ।

क्यामेरा

ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्नेतिर विशेष ध्यान दिएको कम्पनीको दाबी छ । यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमतासहितको फ्रण्ट क्यामेरापनि दिइएको छ ।

ब्याट्री र रोम

ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको कम्पनीले जनाइएको छ । यसका प्रयोग गरिएको उर्जा खपत न्यूनीकरणमा सघाउन प्रशस्त फिचर्ससहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्तारहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई १०० प्रतिशत चार्ज गरिसकेपछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीको भनाइ छ ।

प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथविना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६मा ३जीबी र्‍याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६ जीबीसम्मको एसडी कार्डमार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध रहेको छ ।

बजार उपलब्धता

नेपाली बजारमा ओपो ए१६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । १८ हजार ९९० रूपैयाँ मूल्य निर्धारण गरिएको यो फोन नेपालभर रहेका ओपोका प्रमुख विक्री केन्द्रहरुमार्फत सहजै खरिद गर्न सकिने कम्पनीले जानकारी गराइएको छ ।