गृहपृष्ठ ओपोद्वारा नेपालमा ए१६ सार्वजनिक
ओपोद्वारा नेपालमा ए१६ सार्वजनिक
ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए-सिरिजअन्तर्गत ए१६ सार्वजनिक गरेको छ । आकर्षक डिजाइनमा उच्च कार्य प्रदर्शनी क्षमतासहितको फोन उपलब्ध गराउने आफ्नो उद्देश्यअनुरुप ओपो ए१६को निर्माण सक्रिय जीवनशैली भएका स्टाइलिश डिजाइन मन पराउने यूवालक्षित भई गरिएको कम्पनीले जनाइएको छ ।
लामो समयसम्म टिक्ने ५ हजार एमएएच ब्याट्री सुसज्जित ओपो ए१६मा आन्ददायी दृश्यानुभूतिका लागि ठूलो आकारको ६.५२ ईञ्चको एचडी+ आई केयर डिस्प्लेको प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ । साथै, सहजताका साथ गुणस्तरीय तस्विर कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा एआई ट्रिपल क्यामेरा पनि दिइएको कम्पनीको दाबी छ । कम्पनीकाअनुसार ट्रेण्डी डिजाइनसहितको यो फोनमा सक्रिय अवस्थानमा अमूल्य पललाई तस्विरमा कैद गर्ने कार्यमा सहजताका लागि उच्च कोटीको ट्रिपल क्यामेरापनि दिइएको छ । 'यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ताबिना आफ्नो दैनिकी मज्जा लिन सघाउँछ ।’ ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।
डिजाइन
क्रिस्टल ब्ल्याक, पर्ल ब्ल्यू र स्पेस सिल्भर गरी तीन आकर्षक रंगमा उपलब्ध गरिएको ओपो ए१६मा उपभोक्ताका गोपनियताको सुरक्षार्थ फेसका साथै साइड फिंगरप्रिन्ट रिकग्निशन सुविधा दिइएको छ ।
क्यामेरा
ओपो ए१६मा हरेक अवस्थामा प्रयोगकर्ताले सहजै आफ्ना अमूल्य पलहरु तस्विर तथा भिडियोका रुपमा सहजै कैद गर्न सकुन् भन्नेतिर विशेष ध्यान दिएको कम्पनीको दाबी छ । यसका लागि कम्पनीले फोनमा १३एमपी मेन क्यामेराका साथमा २एमपी डेप्थ (बोके) र २एमपी माक्रो क्यामेरापनि उपलब्ध गराएको छ । स्पष्ट तथा चहकिला सेल्फीका लागि फोनमा ८एमपी क्षमतासहितको फ्रण्ट क्यामेरापनि दिइएको छ ।
ब्याट्री र रोम
ओपो ए१६ले प्रयोगकर्तालाई ५ हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्रीका साथमा पर्याप्त सञ्चय क्षमतापनि उपलब्ध गराएको कम्पनीले जनाइएको छ । यसका प्रयोग गरिएको उर्जा खपत न्यूनीकरणमा सघाउन प्रशस्त फिचर्ससहितको ठूलो ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्रीको चिन्तारहित फोन प्रयोग गर्ने अवसर प्रदान गर्छ । ब्याट्रीलाई १०० प्रतिशत चार्ज गरिसकेपछि ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिने कम्पनीको भनाइ छ ।
प्रयोगकर्ताले पर्याप्त सञ्चय क्षमताका साथविना कुनै सम्झौता आफ्ना फाइलहरु (तस्विर, भिडियो लगायत) सुरक्षितरुपमा सञ्चित गर्न सकुन् भन्ने सोचका साथ ए१६मा ३जीबी र्याम र ३२ जीबी रोमको व्यवस्था गरिएको छ । साथै, अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा फोनमा २५६ जीबीसम्मको एसडी कार्डमार्फत सञ्चय क्षमतालाई थप विस्तार गर्ने सुविधा पनि फोनमा उपलब्ध रहेको छ ।
बजार उपलब्धता
नेपाली बजारमा ओपो ए१६ अगष्ट महिनाको २९ तारिकदेखि नै उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । १८ हजार ९९० रूपैयाँ मूल्य निर्धारण गरिएको यो फोन नेपालभर रहेका ओपोका प्रमुख विक्री केन्द्रहरुमार्फत सहजै खरिद गर्न सकिने कम्पनीले जानकारी गराइएको छ ।
प्रकाशित समय : २१:३७ बजे




















