global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभुराम शर्माले बुझे प्रधानसेनापतिको नियुक्ति पत्र

प्रभुराम शर्माले बुझे प्रधानसेनापतिको नियुक्ति पत्र

प्रभुराम शर्माले बुझे प्रधानसेनापतिको नियुक्ति पत्र

कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्तिपत्र बुझेका छन् । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले बुधबार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । साउन २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । मन्त्रालयमा आयोजित कार्यक्रममा रक्षा सचिव पौड्यालले शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका पीएसओज, रथीवृन्द तथा रक्षा मन्त्रालयका अधिकृतहरूको सहभागिता थियो । रक्षा सचिवले कार्यवाहक प्रधान सेनापति शर्मालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु