काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

12.75K
shares

ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा वडा न. ६ स्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उक्त विद्यालयलाई 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको हो ।

बैंकले विद्यालयलाई एक कार्यक्रममार्फत विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो । खानेपानी धाराको जडानपश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्ने बैकले जनाएको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।