काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘परमादेशबाट सरकार बनेको’ भन्नेहरुले संसदमा नआइ राजीनामा गरे हुन्छ : मातृका यादव

13.63K
shares

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले 'परमादेशबाट सरकार बनेको' भन्नेहरुलाई सांसद पदबाट राजीनामा दिन सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेकपा एमालेका अधयक्ष केपी ओलीलाई पनि राजीनामा गर्न आग्रह गरे ।

उनले आफूहरू संसदमा परमादेशबाट आएकाे नभएर जनादेशबाट आएको बताए । उनले भने, 'संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो व्याख्या गर्ने अधिकार संविधानले सर्वोच्चलाई नै दिएको छ । उहाँहरुलाई त्यो भूत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’ जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश ।’

संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको भन्न नमिल्ने उनले तर्क गरे । 'परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा यो सरकारले चुनाव गराउछ,' उनले भने ।