पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशंका
वि.सं.२०७८ साउन २८ बिहीवार २२:२४
shares

हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशंका गरिएको छ ।
कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत-तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले आशंका गरेको छ । 'घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,' आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धार कार्यमा परिचालित भएका छन् । हिमाञ्चल प्रदेशको किन्नौर जिल्लाअन्तर्गत पर्ने घटनास्थलमा अझै ढुंगा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले बताएका छन् । टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ ।

























