आज सेयर बजार : १४ अर्बको खरिद बिक्री, चार कम्पनीको कारोबारमा सर्किट
वि.सं.२०७८ साउन २४ आइतवार २१:१६
shares

साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । धितोपत्र बजारअन्तर्गत सेयर कारोबार मापक नेप्से परिसूचक ०.६६ अंकले बढेर तीन हजार १०८ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ अंकले बढेर ५७८.०९ अंकमा पुगेको हो ।
आइतबार कारोबार भएका २२७ कम्पनीको सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा खरिद बिक्री भएका छन् । आज दुई करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ६ समूहको सेयर उकालो लागेको छ भने बाँकी समूहको सेयर घटेको छ । बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत ११५.०५, वित्त २१.८९, उत्पादनमुलक २.८४ र सामुहिक लगानी कोषको सेयर उकालो लागेको छ ।
त्यस्तै व्यापार समूह ४०.३८, होटल तथा पर्यटन ३९.९१, निर्जीवन बिमा २०२.८९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बिमा १०१.५४ र लगानी समूहको सेयर ०.०४ अंकले घटेको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । अपि हाइड्रोपावर, कर्पोरेट विकास बैंक, युनिभर्सल पावर कम्पनी, जीवन बिकास लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै युनियन लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको सेयर सकारात्मक सर्किटको लेभलमा पुगेका छन् ।
























