१५ अंकले बढ्यो नेप्से, तीन कम्पनीको कारोबारमा सर्किट
वि.सं.२०७८ साउन १३ बुधवार २१:३०
shares

बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १५.३० अंकले बढेर तीन हजार ९४.९४ अंकमा उक्लिएको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ६७४.३२ अंकमा पुगेको छ । आज २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँमा किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ सब-इन्डेक्समध्ये ९ समूहअन्तर्गतको सेयर उकालो लागेको भने बाँकी समूहअन्तर्गतको सेयर केही अंकले घटेको छ । बैंकिङ १८.४५, जलविद्युत ४८.२७, उत्पादनमुलक ३७.३ र सामुहिक लगानी कोषअन्तर्गतको सेयर ०.०१ अंकले माइनसमा झरेको छ भने व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बिमा ४४९.५६, अन्य २०.११, लघुवित्त ३७.२४, जीवन बिमा ४३१.३८ र लगानी समूहअन्तर्गतको सेयर ३.२२ अंकले बढेको छ ।
त्यस्तै आज तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स र मल्टिपर्पस फिनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो हाइड्रोपावरको सात लाख ७५ हजार ३६८ कित्ता सेयर ३८ करोड ६१ लाख ४७ हजार ८१८ रुपैयाँमा किनबेच भएको छ ।
























