प्रशिक्षक राजीनामा प्रकरण : एन्फाले बाेलायाे कार्यसमितिकाे आकस्मिक बैठक
वि.सं.२०७८ साउन १३ बुधवार २१:१९
shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कार्यसमितिको आकस्मिक बैठक बाेलाएकाे छ । एन्फा कम्प्लेक्समा बस्ने बैठक अपरान्ह ४ बजेका लागि डाकिएको प्रवक्ता किरण राईले बताए ।
उनका अनुसार बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीना र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाइएको आरोपबारे छलफल हुनेछ । यसका साथै नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे पनि छलफल हुने प्रवक्ता राईले जानकारी दिए ।
मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिन लागेकाे घोषणा गरेका थिए । अलमुताइरीले औपचारिक रुपमा एन्फालाई राजीनामा पत्र भने बुझाएका छैनन् । नेम्बाङले भने अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको र यस विषयमा छानबिन गर्न एन्फालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
























