काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामसङको ग्यालेक्सी एफ २२ सार्वजनिक

21.23K
shares

सामसङले नेपाली बजारमा ग्यालेक्सी एफ २२ स्मार्ट फोन सार्वजनिक गरेको छ । FullOnFun ले भरिपूर्ण स्मार्ट फोनमा यस सेगमेन्टमा अग्रणी रहेका विभिन्न सेवाहरु उपलब्ध रहेका छन् । यो फोनमा 90Hz refresh rate को साथ  ६.४ HD+ sAMOLED display, ६००० mAh  इन्चको व्याट्री रहेको छ । मोबाइलमा ४८ मेगा पिक्सलको क्युड क्यामरासहित अन्य विशेषताहरु छन् ।

सामसङ मोबाइल नेपालका विजिनेश हेड प्रणयरत्न स्थापितले भने, ‘नवीनतम आविष्कार तथा सर्वसुलभता बीचमा रहेको ग्यापलाई परिपूर्ति गर्ने हाम्रो प्रतिवद्धताअनुरुप हामीले ग्यालेक्सी एफ २२  स्मार्टफोनका रुपमा प्रस्तुत गरेका छौं ।’ उनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने विश्वासका साथ सो मोबाइल सार्वजनिक गरेको बताए ।

उनका अनुसार नयाँ ग्यालेक्सी एफ २२ को डिजाइन नै आजका जेन जी तथा मिलेनियल्सहरुको कन्टेन्ट कन्जम्जसनलाई आधार मानी डिजाइन गरिएको छ । ‘ग्यालेक्सी एफ २२ मा सेगमेन्ट लिडिङ फिचरहरु समावेश गरिएको छ, जुन स्मार्ट जेनेरेसनहरुको लागि उपयुक्त हुने छ । यो स्मार्ट युवाहरुका लाइफस्टाइलको लागि उत्तिकै उपयोगी हुनुको साथ अफोर्टेबल स्मार्टफोनसमेत हुनेछ ।’ उनले भने ।

उत्कृष्ट डिस्प्ले

नयाँ ग्यालेक्सी एफ २२  मा 90Hz refresh को साथ 6.4″ Super AMOLED Infinity-U स्क्रिन रहेको छ । यो फोनले डिजिटल मिडिया savvy Gen Z तथा मिलेनियल्स प्रयोगकर्ताहरुले खोज्दै आएको स्मुथ स्क्रोलिङको जीवन्त अनुभव प्रदान गर्र्दछ । यसबाट आफूलाई मनपरेको कन्टेन्ट अन द गो को अवस्थामा पनि कुनै रोकावटविनै सञ्चालन गर्न सकिन्छ । यसमा ६०० निटस्को ब्राइटनेस मोड उपलब्ध रहेको छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको डोल्बी एटमसले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।

उच्च क्षमताको व्याट्री तथा कार्यक्षमता

यो फोनमा उच्च क्षमताको ६००० को व्याट्री तथा १५ वाटको युएसबीसी फास्ट चार्जर उपलब्ध रहेको छ । यसले २५ वाट चार्जिङ सुविधालाई सपोर्ट गर्दछ । यसमा भएको शक्तिशाली व्याट्रीले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ ।

साथै यसमा Octa-Core Mediatek Helio G80 processor रहेको छ, यसले गर्दा यस फोनले उच्च स्तरीय कार्य क्षमता प्रदर्शन गर्न सक्दछ । ब्राउजिङ गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ एवं कम व्याट्री खपत गर्दछ ।

उच्च स्तरीय क्वाड क्यामरा

यसमा वेस्ट इन क्लास True 48MP Quad Camera राखिएको छ, जसले आजका जेन जी तथा मिलेनियल्सहरुका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्न सक्छ । यसले अन द गो को अवस्थामा पनि आफ्नो अविष्मरणीय पलहरुलाई सहजै कैद गर्न सक्दछ । यसका साथै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ । त्यसैगरी २ मेगा पिक्सलको माइक्रोलेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको डेफ्ट क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ । त्यसैगरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । क्यामरा एक्स्पेरियन्सलाई अझै जीवन्त बनाउन यस अघि नभएका विभिन्न मोडहरु जस्तै : Hyper lapse, Slow motion, Food Mode, Pro mode, AR zone  जस्ता सुविधाहरु विद्यमान रहेका छन् ।
                      
मूल्य, उपलब्धता एवं अफरहरु :

Denim Blue, Denim White तथा Denim Black जस्ता आकर्षक रंगहरुमा उपलब्ध ग्यालेक्सी एफ २२ को 4GB + 64GB भेरिएन्टलाई २० हजार ४९९ रुपैयाँ 6GB+128GB  भेरिएन्टलाई २३ हजार ९९९ रुपैयाँ तोकिएको यो फोन नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छ ।