काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

19.22K
shares

मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय संककालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेसन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेक मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्न पठाइएको छ । झेङझाओको मौसम विभागले वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभर राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ । (एजेन्सी)