काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

17.6K
shares

देशभर पछिल्लो २४ घण्टामा तीन हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५५९, कास्कीमा ३१६, ललितपुरमा २०६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५, र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ९४, नवलपरासी पूर्वमा ७४, मकवानपुरमा ७३, गोरखामा ६३, नुवाकोटमा ३८, रुपन्देहीमा ३७, बागलुङमा ३४, स्याङजामा ३३, पाल्पामा ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेपलाञ्चोकमा २३, दोलखा, सिन्धुपाल्चोक, म्‍याग्दीमा २०/२० जना, कैलालीमा १९, दाङमा १८, लमजुङमा १७, पर्वतमा १४, धनकुटामा १२, अर्घाखाँची र बैतडीमा ११/११ जना र धादिङमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।