काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य सामान्य घट्यो

13.57K
shares

साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ३ सय रूपैयाँ बढेको सुनको मूल्य आज १ सय रूपैयाँ घटेको हो ।

महासंघका अनुसार नेपाली सुनचाँदी बजारमा आइतबारको लागि छापावाल सुन तोलामा ९२ हजार रूपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाल सुन तोलामा ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुन तोलामा ९१ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रूपैयाँ घटेर १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबार चाँदी तोलामा १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।