गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल
वि.सं.२०७८ साउन १० आइतवार १८:२९
shares

गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् । प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए । मन्त्रालयका प्रवक्ता जनकराज दाहाल कारागार व्वस्थापन विभागमा सरुवा भएका छन् । उनले अब कारागार व्यवस्थापन विभागका महानिर्देशक भएर काम गर्नेछन् ।

























