काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फुटबलका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा, वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई देखाए कारण

24.36K
shares

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फाका) वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले एक्कासि राजीनामा घोषणा गरेका हुन् । उनले राजीनामा पत्र आजै एन्फामा बुझाउने बताएका छन् । वरिष्ठ उपाध्यक्ष नेम्वाङले दिनदिनै अनेक बहाना र नाटक गरेर आफूलाई दु:ख दिएको अलमुताइरीकाे दाबी छ । 'म एन्फामा राजीनामा दिन गइरहेको छु । वरिष्ठ उपाध्यक्षका कारण म राजीनामा दिन बाध्य छु,' उनले भनेका छन्, 'पछिल्लो ३ हप्ता प्रत्येक दिन उनले ममाथि नाटक गरिरहेका थिए । अब उनी खुशी भए होलान् ।'

कुबेतका अलमुताइरीलाई २०७७ चैतमा एन्फाले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक बनाएको थियो ।