काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेशनल लाइफको चामत्कारिक प्रगति, कम्पनी दोस्रो स्थानमा उक्लियो

24.02K
shares

जीवन बिमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चामत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बिमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआइसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोस्रो स्थानमा उक्लिएको हो ।

कुल बिमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बिमा शुल्क चार अर्बभन्दा माथि पुर्‍याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् । बिमा समितिको सुत्रअनुसार एलआइसी नेपालको प्रथम बिमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाइफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बिमा शुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नवीकरण बिमा शुल्कसमेत उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बिमा शुल्क संकलन गरेकोमा गत आर्थिक वर्षमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको हो ।

सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बिमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बिमा शुल्क आम्दानी गरेको थियो ।