काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ह्वावेद्वारा सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा 

25.07K
shares

ह्वावेले बिहीबार सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गरेको छ । जसमार्फत् ह्वावेले आगामी पाँच बर्षमा डिजिटल प्रतिभा विकासमा १४० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना राखेको छ । यो कार्यक्रमले ३ मिलियनभन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ ।

ह्वावेले 'टेक एण्ड सस्टेनेबिलिटी: एभ्रीवानस् इनक्लुडेड' फोरम आयोजना गरेको थियो । जुन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघद्वारा सह-आयोजित थियो । ह्वावे, IUCN, वर्ल्ड इकोनोमिक फोरम, कार्बन डिस्क्लोजर प्रोजेक्ट (CDP), ग्लोबल इनेबलिंग सस्टेनेबिलिटी इनिसिएटिभ (GeSI) र सिंगापुर इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्स (SIIA) का प्रतिनिधिहरूले समावेशी तथा इको-फ्रेण्डली संसार बनाउन प्रविधिले खेल्ने भूमिकाबारे छलफल गर्न भाग लिएका थिए ।

शिक्षा र प्रतिभा विकासमा समान पहुँचको प्रवर्द्धन गर्दै

युनिसेफ र इन्टरनेसनल टेलिकम्यूनिकेशन युनियन (आइटीयू) को २०२० को रिपोर्टअनुसार २५ वर्ष वा माथि उमेर भएका करिब २.२ अर्ब मानिस अझै पनि घरमा इन्टरनेट जडानको अभावमा छन् । 'डिजिटल सीप र साक्षरता डिजिटल अर्थतन्त्रको लागि आधारशिला मात्र होइन, संयुक्त राष्ट्रले परिभाषित गरेको आधारभूत मानव अधिकार पनि हो,' फोरममा ह्वावेका अध्यक्ष लिआंग हुआले भने ।

प्रतिभाको निरन्तर विकास गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रूपमा हामी आगामी पाँच वर्षमा यस कार्यक्रममा १५० मिलियन अमेरिकी डलर लगानी गर्ने छौं र कलेज विद्यार्थी र युवाहरूलाई उनीहरूको डिजिटल सीप सुधार गर्न मद्दत गर्ने छौं । कार्यक्रमले ३ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित गर्ने आशा गरिएको छ ।

ह्वावे संचालनमा रहेको देशहरुमा डिजिटल प्रतिभा विकास गर्न सहयोग गर्ने ह्वावेको प्रतिबद्धता छ । ह्वावेले २००८ मा छात्रवृत्ति कार्यक्रम, प्रविधि प्रतिस्पर्धा र डिजिटल खुबी प्रशिक्षणहरु सञ्चालनमा ल्याएको थियो र यस्ता कार्यक्रमहरु सुचारू गर्न १५० मिलियनभन्दा बढी लगानी गरेको थियो । ह्वावेले १५० भन्दा बढी देशका १.५४ मिलियनभन्दा बढी मानिसहरूलाई लाभान्वित गरिसकेको छ ।